महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा पुष १ गते देखी सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको छ ।
‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुस ११ देखि २० गतेसम्म हुने महोत्सवले कञ्चनपुरको रौनक बढेको छ ।
महोत्सवमा लाल बहादुर धामी, रेखा परियार, महेश कुमार आउजी, टंक टिमिल्सेना, दुर्गेश थापा, तिलक वस्नेत लगाएत स्थिानिय कलाकारहरुले कञ्चनपुरका दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।
चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हेर्न लाग्ने दर्शकहरुको घुईचोले महोत्सवको रौनक बढेको छ ।
कञ्चनपुरमा यस्ता महोत्सवहरु धेरै लाग्ने गरेपनि सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ भम्रण वर्ष २०२० लाई सफल पार्न, स्थानिय धर्म संस्कृतिको संरक्षण तथा प्रवद्धन गर्न, पर्यटन विकासको लागी, विपन्न परिवारका बालवालिकाहरुको शिक्षाको लागी अक्षय कोष निर्माण गर्न लगाएतका समाजिक कार्य गर्ने उद्देश्यले आयोजना गरीएकोले पनि महोत्सवमा धेरैले अवलोकन गर्ने गरेका छन् ।
त्यस्तै आज (मंगवार) नेपाल आईडल सिजन २ का विजेता चर्चित गायक रवि ओडले दर्शकलाई नचाएका थिए । ओडको फर्खाईमा बसेका हजारौ दर्शकले रविलाई स्टेजमा देख्ने वित्तिकै हुटिङ गर्दै रविको गानामा नाचेर साथ दिएका थिए ।
रवि ओड र समिर आचार्य शंकर बिसी, प्रेणा पाण्डेयको प्रस्तुतिले महोत्सवको रौनक झन बढेको थियो ।
त्यस्तै भोली (बुधवार) चर्चित गायक टंक बुढाथोकी, गायक तथा हास्य कलाकार मनिष खड्का, गायक उमेश मुस्कान लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको सचिवालयले दैनिक सञ्चार लाई जानकारी दिएको छ ।
त्यस्तै महोत्सव विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यले सञ्चालन गरीएकोले सवैलाई अवलोकनको लागी आयोजकले आग्रह गरेको छ ।