डेढ लाख घुससहित पक्राउ परेकी मालपोत कञ्चनपुरकी खरिदार रोकायालाई काठमाडौँ पठाइयो

Share post:

महेन्द्रनगर ।

एक लाख पचास हजार घुस रकमसहित रंगेहात पक्राउ परेकी भूमी सुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार ललिता रोकायालाई काठमाडौँ पठाइएको छ ।

मंगलवार बेलुका महेन्द्रनगरको पारस डेरीबाट एक लाख ५० हजार घुसरकम सहित रंगेहात पक्राउ परेकी रोकायालाई थप कारबाहीका लागि बुधवार आयोगको केन्द्रीय कार्यालय काठमाडौँ (टन्गाल) पठाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख महेश पाण्डेले दैनिक सञ्चारलाई बताए ।

बेदकोट नगरपालिका–१० बस्ने भूमी सुधार तथा मालपोत कार्यालय कञ्चनपुरकी खरिदार रोकायालाई जग्गा पास गर्न सहजिकरण गरिदिन्छु भन्दै सेवाग्राहीबाट एक लाख ५० हजार घुस लिदै गर्दा अख्तियारको टोलीले महेन्द्रनगरबाट नियन्त्रणमा लिएको थियो ।

ताजा समाचार