महेन्द्रनगर । नेपाल पर्यटन भ्रमण वर्ष २०२० को पहिलो दिन (बुधवार) नेपालकै पश्चिमी सीमा नाका गड्डाचौकीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ ।
भीमदत्त नगरपालिकाले गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका भारतीयसहित तेस्रो मुलुकका नागरिकलाई स्वागत गरेको हो ।
‘देव भुमी सुन्दर ठाउँ, भीमदत्त घुम्न जाउँ’भन्ने मुल नाराका साथ कञ्चनपुरको भीमदत्त नगरपालीकाले आयोजना गरेको भम्रण वर्ष २०२० को उद्धघाटन कार्यक्रममा बुधवार पश्चिमी नाका बाट भित्रिएका पर्यटकहरुलाई भव्य स्वागत तथा सम्मान गरेको छ ।
बुधवार जर्मनीका पर्यटक जोहार्ड अल्फार्ड,मार्टन जानेस, फयूजुस्का, दक्षिण अमेरीकाकी मिलेशु रस्थेगी, इटालीका तुल्सी दाशी र जापानका कोमत्सु लाई भव्य स्वागत तथा सम्मान गरीएको भीमदत्त नगरपालीकाले जनाएको छ ।
बुधवार गड्डाचौकी नाका दशगजामै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टसहित प्रदेश सभा सदस्य महेश दत्त जोशी, प्रकाश रावल, मान बहादुर सुनार, प्रतिनिधी सभा सदस्य डा. दीपक प्रकाश भट्टले पर्यटकलाई नेपाली ढाकाटोपी, फुलमाला र खादा ओढाएर मायाको चिनो उपहार दिएका थिए ।
त्यस्तै भारतको उत्तराखण्डका विधायक पुष्करसिंह धामीलाई समेत प्रवेशद्वारमा सम्मान गरिएको थियो ।
पर्यटकहरुलाई सुदूरपश्चिमको मौलीक परिकारहरु पनि खुवाईएको र कार्यक्रममा सुदूरपश्चिमका कला भूवा, छलिया नाच र थारु नृत्य पनि प्रस्तुत गरएिको थियो ।
विभिन्न देश बाट पश्चिमी नाका बाट भित्रिएका पर्यटकहरुलाई फुलमालाले सजाईएको भीमरथमा विषेश सम्मान र स्वागत सहित महेन्द्रनगर बजार घुमाइएको थियो ।
भ्रमण वर्ष सफल बनाउन भीमदत्त नगरपालिकाले पश्चिमी नाका गड्डाचौकी दशगजा क्षेत्रमा स्वागतद्वार निर्माण र महेन्द्रनगरमा पर्यटन संचना केन्द्र स्थापना गरेको छ ।
पर्यटकहरुले नेपालमा धेरै राम्रो राम्रो ठाउँ भएको, नेपाली धर्म संस्कृति राम्रो र यहाँका मान्छे धेरै ठुलो मन भएका तथा सहयोगी रहेको बताए ।
त्यस्तै भारतको उत्तराखण्डका विधायक पुष्करसिंह धामीले नेपाल भम्रण वर्ष २०२० को सफलताको शुभकामना दिएका थिए ।