महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ मा आज( बुधवार) चर्चित गायक टंक बुढाथोकी र उमेश कुमार मुस्कानले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
दिउँसैदेखि पर्खाईमा बसिरहेका दर्शकहरुले जब टंकलाई स्टेजमा देखेपछी महोत्सवको माहोल तातेको थियो ।
‘धन विनाको मन ठुलो की, मन विनाको धन, तिमी भन्दा सुपर ब्युटि कोई छैन संसारमा,कसरी कसरी, सिम्पल डिमपल’ लगायत बोलका आधा दर्जन बढि गीतबाट टंकले महेन्द्रनगरका दर्शकको मन जितेका थिए । टंकको हरेक गीतको सुरुवातमै दर्शकहरुले हुटिङका साथ नाच्दै साथ दिएका थिए ।
त्यस्तै अर्का चर्चित गायक हिमाल मुस्कानले पनि दर्शकलाई झुमाएका थिए ।
महोत्सवमा भोली (बिहिवार) चर्चित गायक कुलेन्द्र विश्वकर्मा, मनिश खड्का,ऐलिना रायमाझी लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको सचिवालयले जनाएको छ ।