अक्षयकोषका लागि नेकपा बेदकोटका अध्यक्षद्वारा आर्थिक सहयोग

Share post:

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बेदकोट नगरका अध्यक्ष ललित परियारले अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।

गरिब तथा विपन्न समुदायका बालबालिकाको अध्ययनमा टेवा पु-याउने उदेश्यका साथ कञ्चनपुरको खुलामञ्चमा संचालित ‘सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव–०७६’ मा बेदकोट नगर नेकपा अध्यक्ष परियारले आर्थिक सहयोग गरेका हुन् ।

महेन्द्रनगरका युवा सफल उद्यमी समेत रहेका बेदकोट नेकपा अध्यक्ष परियारले गरिब तथा विपन्न समुदायको शिक्षामा टेवा पु-याउनका लागि आर्थिक सहयोग गरेको बताए ।

नेकपा बेदकोटका अध्यक्ष परियारले ५ हजार नगद सहयोग गरेको बताए । महोत्सव मुल आयोजक समिति स्टल व्यवस्थापन संयोजक जयराज जोशीले बेदकोट नेकपा अध्यक्ष सहित अन्य क्षेत्रबाट समेत सहयोग आएको बताए ।

‘हाम्रो उदेश्य गरिब समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा पु-याउने हो, ‘उनले भने,‘यसमा सहयोगी हातहरु अघि बढिरहेका छन् ।’

संयोजक जोशीका अनुसार कलाकार, विभिन्न व्यवसायी क्षेत्र, उद्योगी समाजसेवीबाट समेत अक्षय कोष स्थापनका लागि सहयोग आएको भन्दै सहयोगी सबैको एकमुष्ठ नामावली सार्वजनिक गरिने बताए ।

खोज संग्रह मिडियाद्धारा संचालित महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले समेत दैनिक प्रस्तुत गरिरहेका छन् ।

विपन्न समुदायको शिक्षामा पहुँच पु-याउनका लागि अक्षयकोष स्थापना सहित सुदुरपश्चिम क्षेत्रका धार्मिक पर्यटकिय गन्तव्यको प्रचार प्रसार गर्दै नेपाल भ्रमण बर्ष २०२० सफल पार्न र यस क्षेत्रका स्थानीय कला, साहित्य उत्पादनलाई जोडदिदै व्यवसायिक औद्योगिक विकास गर्दै आर्थिक सम्बृद्धिको उदेश्य लिईरहेको छ ।

८ दिनसम्म संचालन भएको मेलामा हजारौ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ ।

ताजा समाचार