महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी क्षेत्रमा राजमार्ग अवरुद्ध पारिएको छ ।
मंगलवार राती कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको मिनी बसको ठक्करबाट म २ प ९०२७ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालिका–३ का जयबहादुर रानाको मृत्यु भएको थियो ।
सोही घटनाको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले दैजीमा टायर बालेर सडक अवरुद्ध पारेका हुन ।
‘सडक अवरुद्ध पारिएको छ । हामी खुलाउने प्रयास गर्दैछौँ ।’ डीएसपी रविन्द्र पौडेलले दैनिक सञ्चारसंग भने, ‘ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’
महेन्द्र राजमार्ग अवरुद्ध हुदा महेन्द्रनगरबाट बाहिर तथा भित्रिने सवारी साधन रोकिएका छन् ।
बिहानैदेखि मृतकका परिवार तथा स्थानीयहरुले कारबाही तथा क्षतिपूर्तिको माग गर्दै टायर बालेर सडक जाम गरेका छन् ।
सडक अवरुद्ध पारिएको दैजी क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।