यी हुन कम्मरमा बाँधेर लागू औषध तस्करी गर्ने ५० वर्षीय पुरुष

Share post:

काठमाडौं– कम्मर बाँधेर लागू औषध चरेश तस्करी गर्ने एक पुरुषलाई  प्रहरीले पक्राउ गरेको छ ।

पर्साको इनर्वास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले कम्मर बाँधेर चरेश तस्करी गर्ने ५० वर्षीय राजेश महतोलाई पक्राउ गरेको हो ।

भारतीय राज्य बिहारको मोतिहारी जयसिनपुर बस्ने महतोले कम्मरमा बाँधेको पटुकामा लुकाइ छिपाई ४ किलो ५ सय ग्राम चरेश भारततर्फ तस्करी गर्न लागेका थिए ।

प्रहरीले साढे ४ किलो चरेशसहित पक्राउ परेका गुप्तामाथि लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

श्रोतkhabarhub

ताजा समाचार