निर्मला हत्या काण्डः आन्दोलनमा घाईते भएकाहरु बसे धर्ना कारण यस्तो

Share post:

महेन्द्रनगर । बलात्कार पछि हत्या गरीएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको न्यायका लागी आन्दोलन गर्ने क्रममा घाईते भएकाहरु धर्ना बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडी विभिन्न माग सहित न्याय माग्ने क्रममा घाईते भएकाहरु अहिले धर्ना बसीरहेका छन् ।

स्वर्गिय निर्मला पन्तलाई न्याय खै?, घाईतेहरुको उपचार गर, निर्दोषलाई फसाउने काम बन्द गर, नेपाल सरकारले निर्णय गरेको घाईतेहरुको पूर्ण उपचार र अंगभंग भएकाहरुको जिविकोपार्जनको निर्णय तुरुन्त कार्यन्वयन गर भन्दै विहिवार ११ बजे बाट प्रशासन कार्यालयको प्रवेश द्धारमै घाईतेहरु धर्ना बसिरहेका छन् ।

निर्मलाको न्यायको लागी लड्दा घाईते भएका तथा घाईतेका आफन्तहरु कृत प्रशाद पनेरु, चेतन भट्ट, सुरेन्द्र देउवा, अर्जुन भण्डारा लगाएतका घाईतेहरु आफ्ना माग सहित धर्नामा बसिरहेका छन् ।

आज देखी धर्ना शुरु भएको र आज आफुहरु २ घण्टा धर्ना बस्ने र जब सम्म माग पुरा हुदैन तब सम्म प्रत्यक दिन धर्ना बस्ने समय बढ्दै जाने घाईते सुरेन्द्र भट्टले बताए ।

त्यस्तै उनिहरुलाई विभिन्न मानव अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्था तथा समाजसेविहरुले साथ दिईरहेका छन् ।

न्याय माग्ने क्रममा कञ्चनपुरमा एक जनाको मृत्यु र ६ जना घाईते भएका थिए ।

ताजा समाचार