महेन्द्रनगरमा खुल्यो अर्गानिक खाना घर, यस्ता छन् विशेषता

Share post:

महेन्द्रनगर । अब सुदूरपश्चिमको मौलीक परिकारहरु होटेलमै खान पाईने भएको छ । विहिवार उद्धघाटन गरीएको अर्गानिक खाना घरमा सुदूपश्चिमका मौलीक परिकार तथा अर्गानिक परिकारहरु पाउने भएको छ ।

महेन्द्रनगर स्थित बसपार्कमा रहेको अर्गानिक खाना घरमा सुदूरका मौलीक परिकारहरु सिस्नो, कोदोको रोटी, मकैको रोटी, स्थानिय कुखुरा तथा हाँसको परिकार, टिमुरको चट्नि, कोदोको ढिडो, लोकल चामलको भात लगाएतका खाने कुरा अब सुपत मूल्यमा पाईने अर्गानिक खाना घरका सञ्चालक डम्मर खड्काले बताए ।

उनले भने ‘सुदूरपश्चिमको परिकारहरुको प्रचारप्रचार गर्न व्यासायिक रुपमा अर्गानिक खाना घर खोलीएको हो ।’

त्यस्तै नेपाल भम्रण वर्ष २०२० लाई मध्यनजर गरी पाहुनाहरुलाई सुदूरकै मौलीक परिकार खुवाउने उद्देश्यले पनि उत्त खाना घर खोलिएको सञ्चालक खड्काले जानकारी दिए ।

उनले भने‘ हाल हामिहरु आफ्नो अर्गानिक तथा मौलिक खाना लाई बिर्सेर , बजारको विषदी खाना खाने गरेका छौ । जसले गर्दा विभिन्न रोगहरुको शिकार भैरहेका छौ ।’

खाना घरले अर्डर अनुसार सुदूरका सवै मौलिक खानाहरु उपलब्ध गराउने र घरमा पु¥याईदिने ब्यावस्था पनि रहेको खड्काले जानकारी दिए ।

ताजा समाचार