कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु

Share post:

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका वडा नं। ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए ।

घाइतेको उपचार भइरहेको जनाइएको छ ।

श्रोतonlinekhabar

ताजा समाचार