अवरुद्ध महेन्द्र राजमार्ग खुल्यो

Share post:

महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी क्षेत्रमा अवरुद्ध राजमार्ग खुलेको छ । प्रहरीले सामान्य बल प्रयोग गरी राजमार्ग सुचारु गरेको डीएसपी रविन्द्र पौडेलले दैनिक सञ्चारलाई बताए ।

मंगलवार राती कृष्णपुर नगरपालिका–५ को आमखैया जंगलमा युपी १७ एटी १०६६ नम्बरको मिनी बसको ठक्करबाट म २ प ९०२७ नम्बरको मोटरसाइकलका चालक बेदकोट नगरपालिका–३ का जयबहादुर रानाको मृत्यु भएको थियो ।

सोही घटनाको विरोधमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै मृतकका परिवार र स्थानीयले दैजीमा टायर बालेर सडक अवरुद्ध पारेका थिए ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

महेन्द्र राजमार्ग अवरुद्ध हुदा महेन्द्रनगरबाट बाहिर तथा भित्रिने सवारी साधन रोकिएका थिए ।

बिहानैदेखि मृतकका परिवार तथा स्थानीयहरुले कारबाही तथा क्षतिपूर्तिको माग गर्दै टायर बालेर सडक जाम गरेका थिए ।

सडक अवरुद्ध पारिएको दैजी क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थियो ।

ताजा समाचार