बैतडीमा हिमपात सुरु, विद्युत सेवा समेत अवरुद्ध

Share post:

बैतडी । बैतडीको उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ । मौसममा आएको बदलीका कारण बिहिबार खाडपे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा हिमपात सुरु भएको स्थानीय हरुले बताएका छन ।

हिमपात सुरु भएसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको छ । गएराती बाट हिमपात सुरु भएकाले सबै भन्दा बढी बालबालिका र बृद्घाहरु लाई समस्या भएको छ ।

हिमपातका कारण बाहिर जान समेत समस्या भएको छ । हिमपात सँगै चलेको हावाहुरीका कारण बैतडीको विद्युत सेवा समेत अवरुद्घ भएको छ ।

हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ ।

ताजा समाचार