महेन्द्रनगर । बिहिवार कञ्चनपुरको महेन्द्रनगरमा सातौँ राष्ट्रिय पोल्ट्री दिवस भव्यताका साथ मनाइएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा कुखुरा तथा अण्डा उत्पादन किसान संघ कञ्चनपुर र कैलालीको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको कुखुरा तथा अण्डा उत्पादन किसान संघ कञ्चनपुरका अध्यक्ष बिक्रम नाथले बताए ।
महेन्द्रनगरमा वृहत -याली सहित विभिन्न कार्यक्रमकाविच दिवस मनाइएको उनले बताए । दिवसका अवसरमा महेन्द्रनगरमा बजारमा बिशाल -याली समेत निकालिएको थियो ।
-याली पश्चात् सहभागीहरुलाई पशुपक्षी तथा मत्स्यविकास निर्देशनालय सुदूरपश्चिम प्रदेश दिपायलका महानिर्देशक डा.मदन सिंह धामीले बिषादी सम्बन्धि प्रशिक्षण दिएका थिए ।
यस्तै दिवसका अवसरमा ३० जना अनाथ बालबालिकालाई खाना समेत खुवाइएको छ ।
कुखुरा तथा अण्डा उत्पादन किसान संघका अध्यक्ष विक्रम नाथको अध्यक्षतामा सञ्चालित कार्यक्रमका प्रमुख अथिति कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल वैद्य रहेका थिए ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत शंकर जोशीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कुखुरा तथा अण्डा उत्पादन किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेले गरेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, किसान, पत्रकार, सर्बसाधारण लगायको उपस्थिति रहेको थियो ।