महेन्द्रनगर ।
महेन्द्रनगरको खुलामञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव–२०७६ को अक्षय कोषका लागि भीमदत्त नगरपालिका–१८ का वडा सदस्य तथा न्यायिक समिति सदस्य प्रशान्त भट्टले पाँच हजार एक सय सहयोग गरेका छन् ।
विपन्न बालबालिकाका लागि अक्षयकोष निर्माणार्ध तथा पर्यटन प्रवद्र्धनका लागि पौष ११ गतेदेखि जारी महोत्सवमा भट्टले अक्षय कोषमा पाँच हजार एक सय सहयोग गरेको बताए ।
राष्ट्रिय युवा संघ कञ्चनपुरका सह–संयोजक समेत रहेका वडा सदस्य भट्टले विपन्न बालबालिकाका लागि सहयोग गर्न पाउँदा निकै खुसि भएको प्रतिक्रिया दिए ।
भट्ट सामाजिक सेवामा अग्रसर छन् । यसैबिच महोत्सवमा महिला अधिकार तथा सामाजिक कार्यमा क्रियाशिल भीमदत्त नगरपालिका–१८ की माया भट्टलाई सम्मान गरिएको छ ।