सुदूरपश्चिमका पहाडी क्षेत्रमा हिमपात (फोटो फिचर)

Share post:

महेन्द्रनगर । सुदूरपश्चिमको पहाडी जिल्लाहरुको उच्च हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको बदलीका कारण बिहिबारदेखि बैतडी, डडेल्धुरा, बझाङ लगायत अन्य पहाडी क्षेत्रमा हिमपात भएको हो ।

बझाङको बित्थड चिर गाउँपालिकामा २ फिट हिउँ परेको जनाइएको छ । बैडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा, डडेल्धुरा बजार लगायतका क्षेत्रमा हिमपात सुरु भएको स्थानीयहरुले बताएका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशक तराइका जिल्ला कञ्चनपुर, कैलालीमा गएराती वर्षा भएको छ । हिमपात तथा वर्षासंगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

हिमपात सुरु भएकाले सबै भन्दा बढी बालबालिका र बृद्घाहरु लाई समस्या भएको छ । हिमपातका कारण बाहिर जान समेत समस्या भएको छ ।

हिमपातसँगै चलेको हावाहुरीका कारण बैतडीको विद्युत सेवा समेत अवरुद्घ भएको छ । हावाहुरीले खोड्पे क्षेत्रको लाइनमा समस्या आएको नेपाल विद्युत प्राधिकरण बैतडीले जनाएको छ ।

फोटोहरु

डडेल्धुरामा परेको हिउँ फोटोःपदम जोशी

Image may contain: sky, snow, mountain, outdoor and nature

Image may contain: sky, snow, nature and outdoor

ताजा समाचार