लागुऔषध सहित कन्चनपुरमा एक युवक पक्राउ

Share post:

महेन्द्रनगर । लागुऔषध सहित कन्चनपुरमा एक जना युवक पक्राउ परेका छ्न । ८ वटा नाईट्रोभेट ट्यावलेट र १ थान नक सहित बिहिवार राती भीमदत्त नगरपालिका ०६ स्थित शिवमन्दिर नजिक बाट भीमदत्त नगरपालिका ०३ तिलकपुरका २२ बर्षिय खडक बहादुर बिष्टलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिष्टलाई शंका लागी चेकजाँच गर्ने क्रममा ८ वटा नाईट्रोभेट ट्यावलेट, १ थान नक पाइएपछि नियन्त्रणमा लिएको जनाएको छ। बिष्टमाथी थप अनुसन्धान भैइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

ताजा समाचार