महेन्द्रनगर । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालीका ३ तिलकपुर स्थित एक जनाको घरबाट लागुऔषध बरामद गरीएको छ ।
भीमदत्त नगरपालीका ३ तिलकपुरका उज्वल सिंह ऐडीको घरमा लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध(चरेस) बरामद गरीएको वडा प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
विहिवार वडा प्रहरी कार्यालय महेन्द्रनगर र मातहतको अस्थाई प्रहरी बिट नौलाखेतले ऐडीले आफ्नै घरमा लागु औषध (चरेश) बेचबिखन गर्ने गरेको छ भन्ने सुचना प्राप्त भएपछि घर खानतलासी गर्दा ४ सय ५८ दशमलव ५ ग्राम लागु औषध बरामद गरीएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक मोहन जङ्ग बुढथापाले दैनिक सञ्चारलाई बताए ।
यो पनिःलागुऔषध सहित कन्चनपुरमा एक युवक पक्राउ
उनले भने‘ विषेश सुचना अनुसार ऐडीको घरकोे खानतलासी गर्दा निजको घरको दक्षिण तिर रहेको कच्ची भान्साघरको छत र उक्त भान्सा घरको पुर्व तिर पर्ने खेत बारीको झाडीमा लागु औषध (चरेश) गोटा बनाई राखेको अवस्थामा र पहेलो रंगको कचि टेपले बेरेको दुई वटा पिस गरी जम्मा ४ सय ५८ दशमलव ०५ ग्राम लागु औषध (चरेश) बरामद गरेका हौ ।’
हाल एडीलाई थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको प्रहरी निरिक्षक थापाले बताए ।