महेन्द्रनगर ।
पर्यटन भ्रमण वर्ष–२०२० लाई सफल पार्न कञ्चनपुरको बेदकोट नगरपालिकाको घटाल बहुमुखी क्याम्पसको व्यवस्थानपन संकायका विद्यार्थीहरु शैक्षिक तथा औद्योगिक भ्रमणमा गएका छन् ।
व्यवस्थापन संकायको चौथो वर्षका विद्यार्थी भ्रमण वर्षलाई सफल पार्न भैरहवा भ्रमणमा गएका हुन । घटाल बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय चौथो वर्षका विद्यार्थीले पर्यटन भ्रमण वर्षको अवसरमा शुक्रवार सुडा बजारमा -याली समेत निकालेका थिए ।
-यालीमा बेदकोट नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रको फोटोहरु तथा ब्यानर, लिपुलेक लिम्पियाधुरा समावेश गरिएको नेपालको नक्सा सहितको ब्यानर बोकेर क्याम्पस प्राङ्गणबाट सुरु भएको -याली स्थानीय सुडा चोकमा गएर कोण सभामा परिणत भएको थियो ।
सोही कार्यक्रममा भ्रमणमा जाने क्याम्पसको टोलीलाई बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले विदाइ गरे । -यालीमा बेदकोट नगरपालिकाका प्रमुख असोक चन्द, शिक्षक शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय संघ संस्थाका प्रतिनिधि, वडा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
भ्रमण वर्षको अवसरमा विद्यार्थीहरुले आयोजना गरेको भैरहवा अवलोकनको कार्यक्रमले पर्यटन भ्रमणमा टेवा पुग्ने बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले बताए ।
यस्तै पर्यटन वर्ष–२०२० लाई सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गरे सफलता पाउने विश्वास व्यक्त गरे । बेदकोट नगरपालिकामा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारले यस क्षेत्रमा पर्यटक भित्र्याउन सकिने उनले बताए ।