बसको ठक्करले तामाङको मृत्यु

Share post:

भक्तपुर । बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा रहेको अस्थायी घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का हिमबहादुर तामाङको मृत्यु भएको हो ।

बा १ ख ९०९० नम्बरको बसले सडक छेउमा रहेको तामाङको अस्थायी घरमा ठक्कर दिँदा उनको ज्यान गएको हो । ३० वर्षका तामाङ गाडीको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

श्रोतkhabarhub

ताजा समाचार