शंकास्पद वस्तु फेला परेपछी…..

विज्ञापन

Share post:

काठमाडौं । ललितपुरको पाटन गावाहलमा शनिबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको बताए ।

अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ ।

शंकास्पद वस्तु भेटिएको क्षेत्रमा प्रहरीले घेरा हालेपछि अहिले यो सडकको सवारी आवागमन पनि प्रभावित भएको छ ।

श्रोतonlinekhabar

ताजा समाचार