१४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेदा अस्ट्रेलिया एक नेपाली पक्राउ

Share post:

काठमाडौं९ अस्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयौन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए ।

प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर पनि अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ ।

ती आरोपित नेपाली सिड्नीको वेन्टवर्थभिलमा बस्दै आइरहेका थिए ।

करिब एक महिना लामो निगरानी र अनुसन्धानपश्चात उनलाई गत जनवरी २ तारिख बिहीबारका दिन न्यू साउथ वेल्स प्रहरीको एक टोलीले पक्राउ गरेको थियो । पक्राउपश्चात उनी बस्ने युनिटबाट एक ल्यापटप तथा अरू इलेक्ट्रोनिक समग्रीहरू पनि प्रहरीले बरामद गरेको जनाएको छ ।

पक्राउपश्चात उनलाई पारामाटा प्रहरी कार्यालयमा लगिएका थियो । त्यहाँ उनलाई ‘१६ वर्षभन्दा कम उमेरको व्यक्तिलाई क्यारियर सर्भिसको उपयोग गरेर यौन क्रियाकलापमा संलग्न गराउन खोजेको’ आरोप लगाएको थियो ।

प्रहरीले उनलाई शुक्रबार पारामाटा अदालतमा उपस्थित गराएको थियो । त्यहाँ उनको जमानत अस्वीकार गरिएको थियो ।

न्यू साउथ वेल्स प्रहरीको ‘बाल शोषण तथा यौन अपराध टोली’ बालबालिका तथा किशोरकिशोरीसँग हुने हिंसा तथा अपराधका घटनाहरू अनुसन्धान गर्नका निमित्त तालिमप्राप्त विशेष टोली हो ।

श्रोतkhavarhub

ताजा समाचार