अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा विहिबार राती अमेरिकाले इरानी विशेष सेनाका प्रमुख जनरल कासिम सुलेमानीलाई मा¥यो ।
जनरल कासिम इरानको रिभोलुसनरी गार्डभित्रको विशेष युनिट कुड्सका प्रमुख थिए । उनी इराक र सिरियामा सक्रिय आतकंवादी संगठन इस्लामिक स्टेटविरुद्ध सफल कारबाहीका लागि चर्चित थिए ।
अघिल्लो वर्ष इरानको एक सर्वेक्षण संस्थाले म्यारिल्याण्ड विश्वविद्यालयसँग मिलेर गरेको सर्वेक्षणमा कासिम८३ प्रतिशत इरानीमाझ लोकप्रिय पाइएका थिए । कारिम सर्वेक्षणमा राष्ट्रपति हसन रुहानी र विदेश मन्त्री जावेद जरीफभन्दा बढी लोकप्रिय देखिएका थिए ।
अमेरिकाले अघिल्लो वर्ष अप्रिलमा इरानको रिभोलुशनरी गाड्र्स र त्यसको विशेष इकाई कुड्स सेनालाई प्रतिबन्ध लगाएको थियो । अप्रिल १५ मा दुवैलाई आतंकवादी संगठन घोषित गरेको थियो ।
रिभोलुसनरी गार्डले कुड्समार्फत विदेशमा आतंकवादी अभियान विस्तार गरिरहेको अमेरिकाले आरोप लगाएको थियो ।
अमेरिकाको विदेश विभागका अनुसार सन् २००३ देखी २०११ बीच जनरल कासिमको कारणले इराकम ६०३ अमेरिकी सेना मारिए । यो संख्या इराक युद्धमा मारिएका कुल अमेरिकी सैनिकको १७ प्रतिशत हो ।
सर्वोच्च नेताका नजिक थिएजनरल कासिम
कासिम सिरिया र इराकमा आंतकवादी संगठन आईएसविरुद्धको लडाईमा महत्वपूर्ण भूमिका निभाएका थिए । अघिल्लो वर्ष कासिम र इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनेईसँगै सबेका तस्विर बाहिरिएका थिए ।
समाचार स्रोतका अनुसार कासिमको छोरीको विवाहको अनुमती सर्वोच्च नेता आफैले दिएका थिए ।
कयैन पटक भएइको थियो हत्या प्रयास
२१ वर्ष अघि जनरल कासिम कुड्स युनिटको प्रमुख बनेयता इजरायल, साउदी अरब र पश्चिमी शक्तिले उनलाई मार्ने कोसिस गर्दै आएका थिए । इरानका सर्वोच्च नेताले एक पटक उनलाई ‘क्रान्तिका जिउदों सहिद’ सम्म भनेका थिए ।
बीचमा उनी मारिएका कयैन अफवाह पनि फैलियो । सबैभन्दा पहिले २००६मा उत्तर–पश्चिम इरानमा एक जहाँज दुरघटनामा उनी मारिएको समाचार आयो ।
त्यसपछि सन् २०१२मा सिरियाको दमास्कसमा बम आक्रमणमा राष्ट्रपति असदप्रति निष्ठावान सहायकसँग उनी मारिएको खबर आयो ।
सन् २०१५ नोभेम्बरमा पनि अलेप्पोमा आइएसविरुद्धको संघर्षको दौरान उनी मारिएको अफवाह फैलियो । तथापि उनी हरेक पटक जिउदो फर्किए ।
कासिमको मृत्युको विश्वव्यापी असर
जनरल कासिमको मृत्युपछि इरानको कट्टर शत्रु मानिने इजरायलले आफ्ना सेनालाई उच्च सतर्कता अवस्थामा राखेको छ ।
इजरायल छिम्की लेबनानमा रहेका इरानसमर्थित हिज्बुल्ला सेना र गाजाँ क्षेत्रमा रहेको हमासबाट आफूमाथि आक्रमण हुने डरमा छ ।
इजरायलले अन्य देशमा उपस्थित आफ्ना नेता तथा कुटनीतिज्ञको सुरक्षा व्यवस्था बलियो पार्न आह्वान गरेको छ ।
इजारयलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पनि ग्रिसको भ्रमण छोट्याएर फर्कने फैसला गरेका छन् । लेबनानका हिज्बुल्ला समर्थित समाचारले यो युद्धको घोषणाको संज्ञा दिएको छ ।
रुसले पनि अमेरिकाको कदमले तनाब बढाउने बताएको छ । कासिमको मृत्यु लगतै विश्व बजारमा तेलको मुल्य वृद्धि भएको छ ।
इन्टरनेटमा ‘तेस्रो विश्वयुद्ध’ ट्रेण्डिङ
शुक्रबारको अमेरिकी कारबाहीमा जनरल कासिमको मृत्युपछि विश्वभरका इन्टरनेटका प्रयोगकर्तामाझ भने ‘वल्ड वार ३’ ट्रेण्ड भइरहेको छ ।
कासिमको हत्याको केही घण्टाभित्रै गुगल र अन्य समाजिक संजालमा ‘वल्र्ड वार थ्री९तेस्रो विश्वयुद्ध०’को सर्च अचानक तीव्रता आएको छ ।
उता ‘इरान’,‘सुलेमान’ शब्द पनि तिव्र खोजीमा देखिन्छन् । यो आक्रमणपछि फ्रान्ज फर्डिनान्ड नामको समेत सर्च पनि बढेको छ ।
१९१४ जुनमा अस्ट्रिया–हंगेरीका युवराज फर्डिनान्डको सर्वियाली अभियन्ताबाट हत्या भएपछि पहिलो विश्वयुद्ध सुरु भएको थियो ।
अहिले सुलेमानको हत्याले पनि फर्डिनान्डको हत्यापछिको अवस्था निम्त्याउने मानिसहरु डर व्यक्त गर्न थालेका छन्