महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित नागरिक सुशासन समाजले ‘गाउँ टोल अभियान’ सुरु गरेको छ ।
शनिवार शुक्लाफाँटा नगरपालिकाको ६ र ७ नम्बर वडाबाट ‘गाउँ घर’ अभियान सुरु भएको हो ।
सामाजिक विकृति, बिसंगती, अपराध, दुव्बर्यसन, लागुऔषध प्रयोग, कुशासन दण्डहिनता, दमन शोषण, अराजकता, अपारदर्शिता तथा भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु भएको अभियन्ता डम्मर राज भट्टले बताए ।