महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ८ स्थित चारैतिर हरियाली वन जङ्गल, चुरेको काखमा अवस्थित रहेको छ, भुमकेनी धाम ।
चारै तिर हरियाली, शान्त चुरेको फेदीमा अवस्थित भुमकेनी भामको सुन्दरताले यहाँ आउने सबैको मन छुन्छ । उत्त सुन्दरतामा थप सुन्दरता निर्माणधिन नेपाल आमाको मुर्तीले थपेको छ ।
महाकाली शारदा पिठ भुमकेनी धाम विकास समितिले निर्माण गर्न लागेको नेपाल आमाको मुर्तीको अन्तिम नमुना मुर्ती तयार भए संगै दोस्रो चरणको काम तिव्र गतिमा शुरु भएको छ ।
करिब चार नमुना पछि छनौट गरीएको अन्तिम नमुना(निर्माणधिन मुर्ति)कोे आधारमा नेपाल आमाको अष्ठधातुको ७५ फिट अग्लो मुर्ति निर्माण हुने नेपाल आमा मुर्ती निर्माण समितिका संयोजक जनक राज जोशीले दैनिक सञ्चारलाई बताए ।
७५ फिट अग्लो उक्त नेपाल आमाको छनौट गरीएको नमुना मुर्तीका चार हात बनाईएका छन् । जसमा नेपालको राष्ट्रिय झन्डा, खुकुरी, चक्र र जप माला रहेको छ र मुनी तिर कमलको फुल रहेको छ ।
नमुनाको आधारमा हाल मुर्तिको सवै भन्दा तल्लो भाग जसमा कमलको फुल रहेको छ सो कमलको फुल निर्माण भईरहेको संयोजक जोशीले बताए ।
नमुनाको आधारमा सुन, चादी, फलाम, पित्तल, जिन्क,धलोट, तामा र काँच यि आठ धातुको मिश्रण बाट नेपाल आमाको ठुलो ७५ फिट अग्लो मुर्ति निर्माण गरीने छ ।
मुर्तीमा नेपालको कला सँंस्कृती र पुरात्वतिक महत्वका वस्तु तथा नेपाललाई झल्काउने गरी निर्माण हुने संयोजक जोशीले जानकारी दिए ।
जगतगुरु बालसन्त मोहनशरण देबाचार्यको विशेष पहलमा महाकाली शारदा पीठ भुमकेनी धाम विकास समितिले निर्माण गर्न लागेको उत्त नेपाल आमाको मुर्ती विश्वमै अग्लो सुचिको पहिलो १० भित्र पर्ने विकास समितिले जनाएको छ ।
नेपाल आमाको उत्त ७५ फिट अग्लो मुर्ती निर्माणका लागि जगतगुरु देबाचार्यले ३ बर्ष लगाएर नेपालका ७७ वटै जिल्लाको पैदल भ्रमण गरी अष्ठधातु र पैसा संकलन गरेका छन् ।
मुर्ती निर्माणको लागि स्थानिय तह, प्रदेश सरकार, तथा संघिय सरकार लाई सहयोग गर्न मुर्ति निर्माण समितिले आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका संयोजक जोशीले बताए । जोशीले भने ‘हाल निर्माणधिन मुर्तिको तल्लो भागमा रहेको कमलको फुल निर्माणका लागी प्रदेश सरकारले सहयोग गरेको छ ।’ उनले थपे ‘त्यसै गरी स्थानिय, केन्द्रिय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।’
मुर्ती, निर्माणको ठेक्का भ्याली कन्सट्रक्सन प्रा.लि. पुलचोक ललितपुर सँग १० करोड ८१ लखमा धाम समितिले ठेक्का सम्झौता गरेको छ ।
समितिले काममा कुनै बाधा नआउन दिए नेपाल आमाको उत्त मुर्ती ३ बर्ष भित्र निर्माण गरीसक्ने ठेक्का कम्पनीले दाबी गरेको छ । हाल काम तिव्र गतिमा भईरहेको संयोजक जोशीले जानकारी दिए ।
भ्याली कन्सट्रक्सन प्रा.लि. का सञ्चालक मनोहर महर्जनले निर्माणाधिन अष्ठ धाुतको नेपाल आमाको मुर्ती नेपालमा पहिलो पटक बन्न लागेको बताए । उनका अनुसार ७५ फिट अग्लो मुर्ती निर्माणका लागी करिब ३० टन अष्ठधातु आवश्यक पर्ने छ ।
नेपाल आमाको उत्त मुर्ती निर्माण पछि धर्मावलम्बि तथा पर्यटक अझ बढी भित्राउन सकिने मुर्ति निर्माण समितिले आश गरेको छ ।