महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर बसपार्कस्थित शुभ रोयल गेष्ट हाउसबाट पक्राउ परेकी युवतीले करणीको उजुरी दिएकी छन् ।
आइतवार विहान प्रहरीले सो गेष्ट हाउसबाट एक जना युवक र युवतीलाई नियन्त्रणमा लिएको थियो ।
यो पनिः महेन्द्रनगर वसपार्कका होटलमा प्रहरीको छापा, युवा–युवती पक्राउ
‘हामीले युवा युवतीलाई नियन्त्रणमा लिएका छौँ । युवतीले इच्छा विपरित करणी ग-यो भनी उजुरी गरिन । हामीले करणीतर्फबाट अनुसन्धान गर्दै छौँ ।’ डिएसपी रविन्द्र पौडेलले दैनिक सञ्चारसंग भने, ‘अनुसन्धान भइरहेकाले अहिले उनिहरुको पहिचान खुलाउन सकिने स्थिती छैन ।’
अवैध यौनधन्दा, वास्तविक बलात्कार अथवा दुव्र्यवहार के हो ? यी तीन पक्षबाट अनुसन्धान थालिएको उनले बताए ।