महेन्द्रनगर । कञ्चनपुरको भाँसीमा जीपको ठक्कर बाट एक जना घाइते भएकी छिन्।
घाइते हुनेमा बा १ प ५०५ नम्बरको मोटरसाइकलको पछाडी बसेकी साबित्री सिंह रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
घाइते सिंहको धनगढीमा उपचार भइरहेको डिएसपी रविन्द्र पौडेलले दैनिक सञ्चारलाई बताए ।
उनका अनुसार ४८८६ नम्बरको सतो कलरको जीप मोटरसाइकल लाई ठक्कर दिएर फरार रहेको बताए । ठक्कर दिने जीप र चालकको खोजी कार्य जारी रहेको बताए ।