महेन्द्रनगर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष तथा पूर्व–उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलेको आरोप लगाएका छन् ।
आइतवार मिडिया नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका अध्यक्ष थापाले दुई तिहाइ बहुमतको पहिलो सरकार गठन भएको करिब अढाइ वर्ष पुरा हुदा पनि जनताले सकारात्मक परिवर्तनको अनुभुति गर्न नपाएको टिप्पुणी गरे ।
‘जनताले गरेको आशा, विश्वास टुटेको छ, अहिले देशको समग्र मुख्य परिस्थितीलाई बिश्लेषण गर्दा भ्रष्टाचार, धर्म परिवर्तन, बेरोजगारी समस्या र सर्वसत्तावादतर्फ उन्मुख शासन प्रणाली वर्तमान समयको सबैभन्दा ठुला चुनौती हुन ।’ उनले भने, ‘संक्षेपमा भन्ने हो भने लोकतन्त्रको आवरणमा देशमा लुटतन्त्र चलि राखेको छ । डेमोक्रेसीको प्लटोक्रेसी हाबी भएको छ । एनसेल कर छलि प्रकरण, वाइडवडी जहाज खरिद काण्ड, सुन तस्करी काण्ड, सार्वजनिक जग्गा कब्जा गर्ने भूमाफिया काण्ड, नेपाल ट्रष्टको सम्पत्ति एउटा व्यापारी घरानालाई सुम्पने कार्यहरु संगठित भ्रष्टाचारका ज्वलन्त उदाहरण हुन ।’
यी काण्डहरुले देशमा नीतिगत र संस्थागत भ्रष्टाचारलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ ।
‘राजनीतिक दलका प्रमुख नेताहरु, ठुला व्यापारी र केही कर्मचारीहरुको त्रिकोणात्मक गठबन्धन तयार गरेर भ्रष्टाचारका काण्डहरु भइरहेका छन् ।’ उनले भने, ‘अर्बौ–अर्बका भ्रष्टाचारका काण्डमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको पनि कुनै न कुनै संलग्नता रहेको देखिन्छ, जसको कारणले गर्दा अपराधीहरुले उन्मुक्ती पाइरहेका छन् ।’
संगठित र योजनाबद्ध रुपमा भइरहेको धर्म परिवर्तन डर लाग्दो महारोगका रुपमा देखिएको उनले आरोप लगाए । ‘कुनै बेला एउटा धार्मिक सहिष्णुता, शान्ति र सद्भावका रुपमा चिनिएको नेपाल हाल धर्मान्तरणमा वा ईसाइकरणमा विश्वकै एक नम्बरको राष्ट्र बन्न पुगेको छ ।’ उनले भने, ‘यो राष्ट्रिय पहिचान, सामाजिक, सांस्कृतिक एकताका निम्ति खतरानाक प्रवृत्ति हो ।’
झण्डै आधा भन्दा बढि उर्जाशिल र क्रियाशिल जनशक्ति विदेश पलायन भइरहेकाले सरकारले आत्मसात् गरेको ‘समृद्धि नेपाल, सुखि नेपाली’ को सपना पुरा हुन नसक्ने उनले दाबी गरे ।
झण्डै आधा भन्दा बढि उर्जाशिल र क्रियाशिल जनशक्ति विदेश पलायन भइरहेकाले सरकारले आत्मसात् गरेको ‘समृद्धि नेपाल, सुखि नेपाली’ को सपना पुरा हुन नसक्ने उनले दाबी गरे ।
एक फरक प्रसंगमा अध्यक्ष थापाले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनका लागि कुटनीतिक पहल थाल्नु पर्नेमा जोड दिए । सुगौली संन्धिमा महाकाली नदी पूर्वका भूभाग नेपालकै भएको उल्लेख रहेको स्मरण गराउदै उनले कालापानी, लिपुलेक, लिम्यिाधुरा नेपालको अखण्ड भूभाग भएको दाबी गरे ।
नेपालको आन्तरिक विवादका कारण मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झैता धरापमा पर्ने खतरा रहेको औल्याउँदै त्यसतर्फ सरकारलाई सचेत रहन उनले आग्रह गरे ।
उनले सबै मुलुकले आफ्नो नीति अनुरुप नेपाललाई सहयोग गर्ने बताउँदै अहिले अमेरिकाले गर्ने सहयोगलाई गलत रुपमा टिका टिप्पणी गरेर भ्रम सृजना गर्ने काम भइरहेको उनले बताए ।
यस्तै समान विचार तथा एजेण्डा भएका पार्टीहरुसंग एकता हुने भन्दै राप्रपा नेपालका अध्यक्ष थापाले राप्रपा संयुक्तसंग पनि एकता हुने बताए । एकताका लागि बिलम्व नगर्न समेत उनले आग्रह गरे ।
लोकतन्त्रका नाममा लुटतन्त्र चलेको छ: थापा
लोकतन्त्रका नाममा लुटतन्त्र चलेको छ: थापा
Gepostet von पश्चिम खबर am Samstag, 4. Januar 2020