भारतीय कार सहित २ नेपाली गाँजा तस्कर पक्राउ

Share post:

हेटौंडा– भारतीय कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कारमा गाँजा तस्करी गर्ने २ जना नेपालीलाई पक्राउ गरेको हो ।

निश्चित समयका लागि बाटो इजाजत लिएर नेपाल ल्याइएको भारतीय नम्बर प्लेट बीआर–०६–बीजी ९५१२ को कारमा २१ किलो गाँजा लुकाएर लैजाने क्रममा २ जना नेपाली पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कारका चालक धनुषाको मुख्यापट्टी गाउँपालिका–६ घर भएका ४२ वर्षीय अशोक कुमार यादव र कारमा सवार मकवानपुरको मनहरी गाउँपालिका–९ घर भएका ४० वर्षीय मोक्तान छन् ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न सवारी साधन प्रयोग गरी गाँजा तस्करी गर्दै आइरहेका थिए ।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

श्रोतkhabarhub

ताजा समाचार