महेन्द्रनगर । कर्मचारी युनियन बचत तथा ऋण सहकारी संस्थाको छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीको वार्षिक प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आइतवार सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको हो ।
सस्थाको आर्थिक प्रगति प्रतिवेदन संस्थाका सचिव धनिराम जोशीले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको बैंक मौज्दात १४ लाख ११ हजार ६ सय १४ रुपैयाँ, ऋण लगानी १७ लाख ५२ हजार ९ सय ९१रुपैयाँ गरी जम्म पुँजी ३१ लाख ६४ हजार ६ सय ६ रुपैयाँ रहेको छ ।
उक्त पुँजीमध्ये सेयर पुँजी ८ लाख ३४ हजार, ६ सय १९ रुपैयाँ, जगेडा कोष ७८ हजार ९ सय ६८ रुपैयाँ, ऋण जोखिम कोष ११ हजार १ सय ३४, निक्षेप हिसाब १९ लाख ९२ हजार ६ सय ९२, अन्य दायित्व हिसाब ५६ हजार २ सय ८६ र अन्य कोष १९ लाख ९ सय ५ रुपैयाँ रहेको छ ।
संस्थाको आय व्ययलाई पारदर्शी बनाउनका लागि सबै कारोबार बैंक मार्फत गरिएको जाशीको भनाई छ । सहकारी संस्थाका अध्यक्ष रामेश्वर भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सेवानिवृत कर्मचारी गौराजबहादुर लिम्बु प्रमुख अतिथि रहेका थिए ।