सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव समापन (भिडियो)

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा सञ्चालित सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव –२०७६ समापन भएको छ ।

खोज संग्रह मिडिया कञ्चनपुरले आयोजना गरेको पुस ११ गते सञ्चालित महोत्सव आईतवार समापन भएको हो । पूर्व उप–प्रधानमन्त्री कमल थापाको प्रमुख आथित्यमा महोत्सवको समापन गरीएको सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवका अध्यक्ष करण सिंह पालले बताए ।

नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्न, विपन्न परिवारका बालवालिकाको शिक्षाको लागि अक्षय कोष निर्माण गर्न, सुदूरका पर्यटकिय,धार्मीक,सांस्कृतिक, प्राकृतिक सम्पदा तथा मौलिक खानाको प्रचार प्रचार गर्न लगाएतका विभिन्न उद्देश्यले आयोजना गरीएको महोत्सवमा हजारौँ दर्शकले अवलोकन गरेका थिए ।

महोत्सवमा चर्चित कलाकार रवि ओड, टंक बुढाथोकी, टंक टिमिल्सेना, प्रकाश सपुत, दुर्गेश थापा, नवराज कलौनी, रेखा जोशी, लाल बहादुर धामी(अछामी बड्डो), एलबि चन्द, रमेश राज भट्राई, मनिश खड्का,  महेश कुमार आउजी लगाएतका कलाकारहरुले महोत्सवमा दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

महोत्सवमा कुनै पनि समस्या नआएको र शान्त संग सम्पन्न भएको महोत्सवको सचिवालयले जनाएको छ । महोत्सवका अध्यक्ष पालले भने ‘सबैको साथ सहयोगले महोत्सव सफलता पुर्वक समापन भएको छ ।’ महोत्सवको आयव्याय तथा महोत्सवका गतिविधि वारे मंगलवार पत्रकार सम्मेलन गर्ने अध्यक्ष करन सिंह पालले बताए ।

आज(आईतवार) प्रकाशले नचाए महेन्द्रनगरका दर्शक
पुस ११ गते देखी सञ्चालित महोत्सवको आज(आईतवार) अन्तिम दिन चर्चित गायक प्रकाश सपुतले महेन्द्रनगरका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।

विहानै देखी प्रतिक्षामा बसेका हजारौँ दर्शकले जब प्रकाशलाई स्टेजमा देखे हुटिङ र तालि बजाएर स्वागत गरेका थिए ।

प्रकाले ‘गलबन्दि च्यातियो तिम्ले तानेर, दोहोरी ब्याटल, आउछु म फर्केर, मुखैमा चिनि’ लगाएतका गितले महेन्द्रनगरका दर्शकको मन जितेका थिए ।

प्रकाशको गितमा दर्शकले हुटिङ सहित नाचेर साथ दिएका थिए । त्यस्तै लाल बहादुर धामी(अछामी बड्डो), एल.बि. चन्द लगाएत स्थानिय कलाकारहरुले पनि दर्शकलाई झुमाएका थिए ।
भिडियो…..

गलबन्दी च्यातियो प्रकाश सपूत कंचनपुर महेन्द्रनगर Live

Gepostet von National Online Khabar.Com Nok am Sonntag, 5. Januar 2020

भिडियो सौजन्यः बासुदेव भट्ट होहो

 

ताजा समाचार