महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर क्षेत्रमा राजमार्ग फराकिलो बनाइदै छ ।
महेन्द्र राजमार्ग अन्तर्गत महेन्द्रनगरको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको सडकलाई चार लेनमा रुपान्तरण भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सो क्षेत्रको १.४ किलोमिटर सडक चार लेनमा परिणत गर्ने काम जारी रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।
‘केही समय अगाडि सडक अतिक्रमण हटाइएको महेन्द्रनगरको शिव मन्दिरदेखि ट्राफिक चोकसम्मको सडक फराकिलो बनाइदै छ । चार लेनको सडकमा परिणत गरिदै छ ।’ सूचना अधिकारी जोशीले दैनिक सञ्चारसंग भने, ‘चार लेनको सडकका लागि काम सुरु भइसकेको छ, हाल ग्राभेलिङ गर्ने काम भइरहेको छ ।’
हाल महेन्द्र राजमार्गको सो क्षेत्रको सडकमा दुवैतर्फ ३.५/३.५ मिटरमा ग्राभेलिङ गर्ने काम सुरु भएको छ । चार लेनको सडक निर्माण गर्ने जिम्मेवारी कुमार जोशी जेभीले पाएको छ ।
आर्थिक वर्ष /को फागुन पहिलो साताभित्र सडक निर्माण गरी सक्नु पर्ने अवधि हो ।
संघीय सरकारको २ करोड १५ लाख ९भ्याट सहित० को लगानीमा सो क्षेत्रमा सडक फराकिलो बनाउने काम जारी रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
यस्तै सोही बेजट अन्तर्गत महेन्द्र राजमार्गकै गड्डाचौकीदेखि काङलापुल भाँसीसम्म ९.२६ किलोमिटर कालोपत्रे सडकमा रिसोलिङ गरिन लागेको छ । आर्थिक वर्ष २०७६/०७७ को जेठसम्म कालोपत्रे रिसोलिङ गरी सक्नु पर्ने समय सीमा हो ।
यस्तै बेदकोट नगरपालिकास्थित चौधर नदिदेखि काङला पुलसम्मको राजमार्ग फराकिलो बनाइदै छ ।
‘दायाँ–बायाँतर्फ ७/७ मिटर फराकिलो बनाएर अहिले पहिलो चरणमा ग्राभेलिङ, माटो फिलिङ गर्ने काम भइरहेको छ ।’ सूचना अधिकारी जोशीले भने ।
यस आर्थिक वर्षमा काम सक्ने गरी ७३ लाख ९९ हजार लगानीमा सो कामको जिम्मा राखी कन्स्ट्रक्सनले पाएको छ ।