७ लाख रुपैयाँसहित १४ जना जुवाडे पक्राउ

Share post:

ठिमी– भक्तपुरको मध्युपुर ठिमी नगरपालिका–९ निलबाराही स्थित निलबाराही रिसोर्टमा जुवातास खेल्ने १४ जना जुवाडी पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिबाट ६ लाख ८४ हजार १ सय २० नेपाली रुपैयाँ र ७ हजार ६ सय ६० भारतीय रुपैयाँ गरी ६ लाख ९६ हजार ३ सय ७६ नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा निलबाराही रिसोर्टका सञ्चालक सुरेश श्रेष्ठसहित सोही ठाउँका ३७ वर्षी उमेश तको लगायत छन् ।

प्रहरीका अनुसार उक्त रिसोर्टमा बिगत लामो समयदेखि जुवातास खेलाउने गरिएको थियो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त ठिमीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

श्रोतkhavarhub

ताजा समाचार