अनेरास्ववियुले जनज्योतिमा लगाएको ताला १४ दिनपछी खुल्यो

Share post:

महेन्द्रनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले गरेको तालाबन्दी खुलेको छ ।

क्याम्पस प्रशासनसंग विद्यार्थीका मागहरू १० दिन भित्र पुरा गर्ने सम्झौता पछि १४ दिनदेखिको तालाबन्दी खोलिएको अनेरास्ववियु जनज्योती क्याम्पस कमिटीका अधयक्ष धर्मराज जोशीले बताए ।

विद्यार्थी संगठनले उठाएका मागहरुप्रति क्याम्पस प्रशासन मौन बसेको भन्दै अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरेको थियो ।

कम्प्युटर ल्याब ब्वाइको तुरुन्त व्यवस्था हुनु पर्ने, क्याम्प्युटर ल्याबमा १५ कम्प्युटर थपिनु पर्ने , बिबिएस र बिएस डब्ल्युमा अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ गरिनु पर्ने, अंग्रेजी र नेपाली भाषामा अध्ययन गर्ने विद्यार्थीको कोठा छुट्टा छुट्टै हुनु पर्ने, सिसिटिभी क्यामेरा जडान गरिनु पर्ने, ई–लाइबब्रेरीको काम पूर्व–सम्झौता अनुरुप कार्यान्वयन गरिनु पर्ने, बिएसडब्ल्युको शुल्क अघिल्लो वर्षकै कायम हुनु पर्ने लगायतका ११ बुदेँ माग अनेरास्ववियु जनज्योति क्याम्पस कमिटीले अगाडि सारेको थियो ।

क्याम्पसको लेखा फाँट र क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको हो ।

ताजा समाचार