३५ वर्ष महाकाली अस्पतालमा बिताएका सूचना अधिकारी अवस्थीले पाए अवकास

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले निजामती सेवाबाट अवकास पाउदै छन् ।

पुस २२ गते मंगलवार (भोली) देखि अस्पतालका सूचना अधिकारी अवस्थीले नियमित प्रक्रिया अनुसार सेवाबाट अवकास पाउने भएका हुन । उमेर हद कारण अवस्थीले निजामती सेवाबाट अवकास पाउन लागेका छन् ।

वि.स.२०४२ सालमा निजामती सेवामा प्रवेश गरेका अवस्थीले आफ्नो निजामती सेवाको कार्यकाल महाकाली अस्पतालमा नै बिताए ।

पुर्खेउली घर दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ भएका अवस्थी वि.स. २०४२ सालमा महाकाली अस्पताल आए । त्यस पछि उनी आफ्नो निजामती कर्मचारीको सेवा अवधिको अन्त्यसम्म महाकाली अस्पतालमै रहे ।

सुरुमा अवस्थीले वि.सं. २०५४ सालमा ६ औँ तहको मेडिकल रेकर्डर सुपर भाइजरको रुपमा महाकाली अस्पतालमा काम गरे । त्यसपछि वि.स.२०६४ सालमा ७ औँ तहको मेडिकल रेकर्डर अधिकृतको भूमिकामा उनले निजामती सेवामा रहे ।

अवस्थीले निजामती कर्मचारीको सेवा अवधिको सबैभन्दा बढि समय (३५ वर्ष) एउटै कार्यालय महाकाली अस्पतालमा बिताए । महाकाली अस्पतालमा रहदा अवस्थीले सूचना अधिकारीको जिम्मेवारी समेत बहन गरेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० वनजरियाका अवस्थीले बि.स.२०६५ सालदेखि महाकाली अस्पतालको सूचना अधिकारीको रुपमा काम गर्दै आएका थिए ।

‘कामको शिलशिलामा महाकाली अस्पतालमा विभिन्न भूमिकामा रहेर काम गर्दा निकै राम्रो भयो, सबैको साथ सहयोग, सल्लाह, सुझावलाई आत्मसात् गर्दै सरल तरिकाले कार्यसम्पादन भए ।’ सूचना अधिकारी अवस्थी दैनिक सञ्चारसंग सेवाबाट अवकासको अन्तिम दिन प्रतिक्रिया दिदै भने, ‘यो कार्यालयलाई म कहिले नै बिस्रिदैन, यहाँ कर्मचारी साथीहरुलाई पनि । म यहाँको वातावरणलाई कहिले पनि बिर्सिन सक्दैन ।’

अवस्थी सहित अन्य कर्मचारीहरुको पहलमा महाकाली अस्पतालमा वि.स. २०४६ मा ‘असहाय बिरामी कोष’ समेत स्थापना भएको थियो ।

निजामती सेवा अवधिको ३५ वर्ष महाकाली अस्पतालमा बिताएर हाल उमेर हदका कारणले पुस २२ देखि अवकास भइरहेका अवस्थीलाई सोमवार अस्पतालका कर्मचारीहरुले सम्मानका साथै विदाई गरेका छन् ।

ताजा समाचार