पत्रकार पन्त ‘कञ्चनपुर आर्थिक पत्रकारिता पुरस्कार–२०७६’ बाट सम्मानित

Share post:

महेन्द्रनगर ।
कञ्चनपुर उद्योग वाणिञ्ज संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार–२०७६ पत्रकार लक्ष्मण पन्तले पाएका छन् ।

महेन्द्रनगरबाट प्रकाशित हुने पश्चिम नेपाल दैनिकका सम्पादक रहेका पन्त सोमवार कञ्चनपुर पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।

जिल्लाको सामाजिक, आर्थिक विकाससंगै आर्थिक गतिविधिको प्रचारप्रसार तथा प्रवद्र्धन गर्न पत्रकारितामार्फत उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै कञ्चनपुर उद्योग वाणिञ्ज संघले ३० औँ वार्षिक साधारण सभाको अवसरमा आर्थिक पत्रकारिता पुरस्कारमार्फत पत्रकार पन्तलाई सम्मान गरेको छ ।

पुरस्कारबापतको पाँच हजार एक सय रकम महेन्द्रनगरस्थित महाकाली अञ्चल बालअनाथालयलाई प्रदान गरेको पत्रकार पन्तले बताए ।

ताजा समाचार