ब्राउन सुगरसहित कञ्चनपुरमा एक जना पक्राउ

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको बेलौरी नगरपालिकाबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ शिवमन्दिरका २३ वर्षीय गुनाल सुनुवारलाई १३.५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बैलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले दैनिक सञ्चारलाई बताए ।

सुनुवारलाई बेलौरी नगरपालिका–८ पचुईबाट ब्राउन सुगरसहित सोमवार बेलुका नियन्त्रणमा लिइएको उनले बताए ।

उनिमाथी अनुसन्धान जारी रहेको छ ।

ताजा समाचार