कैलालीमा डेढ लाख घुससहित सामुदायिक वनका पदाधिकारी पक्राउ

विज्ञापन

Share post:

कैलाली । कैलाली सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी एक लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी उपमहानगरपालिका–१२ मा अवस्थित उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई घुस लिदैगर्दा रङगे हात पक्राउ गरेको हो ।

उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा नियन्त्रणमा लिएको जेसिभी र ट्‍याक्टर छोड्न भनी सेवाग्राहीबाट उनीहरुले घुस लिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालले जानकारी दिए ।

घुस लिएको अवस्थामा सिद्धनाथ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयबाट उक्त रकमसहित दुबैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए ।

ताजा समाचार