डडेल्धुरा अस्पतालमा खटाइएका ११ चिकित्सक ‘बेपत्ता’

Share post:

डडडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको डडडेल्धुरा अस्पतालमा स्वास्थ्य मन्त्रालयले १४ जना चिकित्सकहरू पठाएको भनि झुक्याएको छ।

मन्त्रालयले पठाएका भनिएका १४ जना चिकित्सकमध्ये सातजना अध्ययन बिदामा बसेर डडेल्धुरा अस्पताललाई झुक्याएका हुन्।

मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरि १४ जना चिकित्सकमध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्।

बाँकी ११ जना भने अहिलेसम्म पनि अस्पतालम पुगेका छैनन्। पुगुन पनि कसरी ? मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्, अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्।

यसैगरि करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिशचन्द्र बिष्टले जानकारी दिए।

श्रोतथाहाखबर

ताजा समाचार