महेन्द्रनगर ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको भाँसी जनज्योती चोकमा मोटरसाइकललाई ठक्कर दिएर फरार जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार बेलुका जीप चालक कैलालीको गोदावरी नगरपालिका–१ का २५ वर्षीय सुनिल कार्कीलाई अत्तरियाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यो पनिः भाँसीमा जीपको ठक्करबाट महिला गम्भिर घाइते, चालक फरार
मोटरसाइललाई ठक्कर दिने बा २१ च ४८८६ नम्बरको जीप र चालकलाई नियन्त्रणमा लिइएको हो ।
आइतवार भीमदत्त नगरपालिका–४ भाँसीमा बा १ प ५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर जीप चालक फरार रहेका थिए ।
जीपको ठक्करबाट भीमदत्त नगरपालिका–३ की ४९ वर्षीय साबित्री सिंह गम्भिर घाइते भएकी थिइन । उनको धनगढीमा उपचार भइरहेको छ ।