मोटरसाइकल चोरी गर्दागर्दै एक जना पक्राउ

Share post:

काठमाडौं । मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंबाट मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका(१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३(०२(००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ पक्राउ पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।

तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रोतonlinekhabar

ताजा समाचार