बिर्तामोड– नेपाली रुपैयाँका नक्कली नोटसहित २ जना पक्राउ परेका छन । उनीहरुलाई झापाको विर्तामोड नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सोही वडाका ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
उनीहरुलाई १ हजार दरका दुई थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको हो । सोमबार पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।