महेन्द्रनगर
महाकाली अस्पतालमा नयाँ तीन जना डाक्टर थपिएका छन् । समायोजन भएर महाकाली अस्पतालमा तीन जना बिशेषज्ञ डाक्टर आएको सूचना अधिकारी अवस्थीले बताए ।
उनका अनुसार एमडिजिपी दुई जना र हाडजोर्नी सम्बन्धि एक जना गरी तीन जना विशेषज्ञ डाक्टर आएका हुन । एमडिजिपीमा अर्जुन भट्ट र ग्रिस अवस्थी तथा हाडजोर्नीमा दुर्गेश चौधरी आएका छन् ।
यस्तै हरिकृष्ण श्रेष्ठ महिला तथा स्त्री रोग विशेषज्ञका रुपमा अस्पतालमा कार्यरत छन् । समायोजनले केही समय अस्पतालमा डाक्टर रितिएका थिए । ‘अहिले अस्पतालमा डाक्टरहरु आएका छन् ।’ सूचना अधिकारी अवस्थीले भने, ‘मेडिकल अवसर सहित हाल अस्पतालमा १३ जनाको टिम छ ।’
सरकारले महाकाली अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन । सूचना अधिकारी अवस्थीका अनुसार हाल अस्पतालमा ३ जना विशेषज्ञ डाक्टर मात्र छन् । यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ ।
जसमा १९ जना भने विशेषज्ञ डाक्टर पर्छन् । विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन । दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।