महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–११ का वडा अध्यक्षलाई कुटपिट गरीएको छ ।
मंगलवार वडा कार्यालय अगाडी छाडा पशु व्यवस्थापन गरे बापतको रकम नदिएको भन्दै स्थानियले वडा अध्यक्ष दिल बहादुर माथि हातपात गरेका हुन् ।
वडाध्यक्ष बुढाको कार्यकक्षमामा आएर स्थानिय अग्नी विष्ट र लोकेन्द्र विष्टले उनलाई कुटपिट गरेका छन् । अग्नी र लोकेन्द्र विष्ट बाबुछोरा भएको र उनिहरु दुवैजना मिलेर कार्यकक्षमै आफुमाथि हातपात गरेको वडाध्यक्ष बुढाले दैनिक सञ्चारलाई बताए ।
वडाध्यक्ष बुडाले भने‘अग्नी र लोकेन्द्र विष्टलाई २ लाख ६० हजार भुक्तानी गरिसकेको र सम्झौता अनुरुप भन्दा बढि रकम भुक्तानी दिदा समेत असन्तुष्ट भएर म माथी उनिहरुले हातपात गरे ।’
शुक्लाफाँटा नगरपालीकाले कुटपिट गर्ने विष्टका बाउछोरालाई कारर्वाहीको माग गरेको छ ।
हाल कुटपिट गर्नेको खोजीमा भईरहेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।