डोटी । तीन वर्षायता सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामामा परि करिब पाँच सय जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्म सवारी दुर्घटनामा ४ सय ८२ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष ०७३/७४ मा १ सय ३३, ०७४/७५ मा १ सय ५७ र ०७५/७६ मा १ सय ९२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ ।
दुर्घटनामा मृत्यु हुनेमा कैलालीमा सबैभन्दा धेरै २ सय २ जना रहेका छन् । कञ्चनपुरमा ९२, डडेल्धुरामा ८१, बैतडीमा २६ र दार्चुलामा १८ जनाको मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै, डोटीमा ५१ र बाजुरामा १२ जनाको मृत्यु भएको छ ।
तीन वर्षको अवधिमा दुर्घटनामा १ हजार १ सय ८७ घाइते भएका छन् ।
चालु आर्थिक वर्षको ५ महिनामा सवारी दुर्घटनाबाट ५७ जनाको मृत्यु भएको छ ।
यो अवधिमा १ सय ५६ जना घाइते भएका सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।