झन्डै २ सय यात्रु बोकेको जेट विमान इरानको राजधानी तेहरानमा खस्यो

Share post:

तेहरान । इरानको राजधानी तेहरानको इमाम खोमेनी विमानस्थल नजिक १ सय ८० यात्रु बोकेको विमान खसेको छ ।

अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार युक्रेनी विमान बुधबार बिहान दुर्घटना भएको हो ।

तेहरानबाट युक्रेनको राजधानी उडेको बोइङ ७३७ जेट विमान केही समयमै खसेको बताइएको छ ।

दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा समाचार