बसभित्र बलात्कार गर्ने चार बलात्कारीलाई ८ वर्ष पछि मृत्युदण्ड

विज्ञापन

Share post:

भारतको नयाँ दिल्लीस्थित एक अदालतले बलात्कारका चार अभियुक्तलाई मृत्युदण्डको फैसला सुनाएको छ।

राजधान दिल्लीस्थित ट्रायल अदालतले आठ वर्षअघिको एक बलात्कार घटनामा मंगलबार यस्तो आदेश दिएको हो।

१६ डिसेम्बर २०१२ मा फिजियोथेरापीकी २३ वर्षीया विद्यार्थी ज्योति सिंहलाई गुडिरहेको बसभित्र ६ जनाले सामुहिक बलात्कार गरेका थिए।

बलात्कारपछि बसबाट फालिएकी उनको उपचारको क्रममा १३ दिनपछि मृत्यु भएको थियो। उनलाई पछि ‘निर्भया’ नाम दिइएको थियो। जुन घटनाको भारतभर चर्को विरोध भएको थियो।

बलात्कार तथा हत्या कसुरमा उनीहरुलाई जनवरी २२ ९माघ ८० का दिन बिहान ७ बजे झुन्डाएर मृत्युदण्ड दिन अदालतले फैसला गरेको छ।

पटक(पटकको सुनुवाइपछि न्यायाधीश सतीशकुमार अरोराले बलात्कारीहरु अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई झुन्ड्याएर मृत्यु दण्ड दिन फैसला गरेका हुन्।

फैसलापछि निर्भयाकी आमा आशा देवीले फैसलाले अदालतप्रति जनविश्वास बढेको प्रतिक्रिया दिएकी छन्।

मृत्युदण्डको फैसला सुनाइएका चार अभियुक्तले १४ दिनभित्र सर्वोच्च अदालत जान वा राष्ट्रपति समक्ष जीवनरक्षाको याचना गर्न सक्ने प्रावधान छ।

ताजा समाचार