कोदोको ढिँडो खानुस, स्वास्थ्यलाई हुनछन यस्ता फाइदा

Share post:

काठमाडौं , कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान्।चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ ।तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ ।

परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् ।चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ । आज हामी कोदोको फाइदाबारे जानकारी दिदैछौं ।

प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्व यस्तो छ(प्रोटिनः ७।६ ग्राम ,फ्याटः १।५ ग्राम,कार्बोहाइड्रेटः ८८ ग्राम,क्यालसिएमः ३ सय ७० ग्राम,भिटामिनः ०।४८ मिलिग्राम, थाइमिन बि १ः ०।३३ मिलिग्राम, राइबोफ्ल्याबिन बि२ः ०।११मिलिग्राम, नाइसिन बि३ः १।२ मिलिग्राम, फाइबरः ३ ग्राम। कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोटोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ।कोदो का परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।तौल घटाउन कोदो खानु राम्रो मानिन्छ ।

ताजा समाचार