प्रहरीलाई  घुस दिन खोज्ने पक्राउ

विज्ञापन

Share post:

काठमाडौं– प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका(१५ डल्लु पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका(४ घर भएका २१ वर्षीय रबिन घर्तीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सवारी चालक अनुमतिपत्र प्राप्त नगरी बा।९७ प ३१९३ नम्बरको मोटरसाइकल चलाएको अवस्थामा फेला पारी घर्तीलाई कारवाही गर्ने क्रममा प्रहरीलाई उक्त नगद दिन खोजेपश्चात उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार