इरानको मिसाइल आक्रमणमा ८० जना अमेरिकी मारिएको दाबी

Share post:

एजेन्सी
इरानले आफ्ना सैनिक जनरल कासिम सुलेमानीको हत्याको बदला लिन बुधबार बिहान इराकस्थित अमेरिकी सेनाको व्यारेकमा शक्तिशाली मिसाइल हानेको छ।

समाचार अनुसार इरानले इराकको अनबर प्रान्तस्थित ऐन अल(असद बेस र इरबिलमा रहेकव ग्रीन जोन (अमेरिकी सैन्य व्यारेक) मा १६ वटा ब्यालिस्टिक मिसाइल हानेको हो।

यो आक्रमणका क्रममा ८० जना अमेरिकी सेना मारिएको दाबी इरानी सञ्चारमाध्यमले गरेका छन्। तर यो हमलाबाट आफ्नो सैन्य ब्यारेकमा कुनै असर नपरेको जिकिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।

हताहतीबारेमा स्वतन्त्र पुष्टि भइनसकेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानको सरकारी टेलिभिजनले त्यहाँको रेभोल्युसनरी गार्ड्सको भनाइ उधृत गर्दै प्रसारण गरेको समाचार अनुसार हमलामा अमेरिकी हतियार र हेलिकोप्टरमा भारी क्षति पुगेको छ।

इरानको निशाा अहिले पनि १०० अमेरिकी व्यारेक छन्। यदि अमेरिकाले पुनस् आक्रमण गर्न खोजे ती व्यारेकमा पनि हमला गर्ने चेतावनी अमेरिकाले दिएको छ। इरानका सरकारी सञ्चारमाध्यमले यो हमला जनरल सुलेमानीको हत्याको लिनका लागि गरिएको हो।

इरानको रेभोल्युसनरी गार्डल विज्ञप्ति निकाल्दै भनेको छ, ’हामी अमेरिकाका सबै साथीहरुलाई आतंकवादी सेनालाई आफ्नो बेस प्रयोग गर्न दिन चेतावनी दिन्छौँ। यदि उनीहरुको भूमि इरानविरुद्ध आक्रमणमा प्रयोग भयो भने उसमाथि सीधा निशाना साँध्छौँ।’

समाचार अनुसार इरानले हमलाका लागि जमिनबाट जमिनमा निशाना साँध्ने मिसाइल प्रयोग गरेको थियो। इरानको फार्स न्युज एजेन्सीका अनुसार रेभोल्युसनरी गार्ड्सले अमेरिकी सैन्य बेसमा हमलाका लागि फतेह(३१३ मिसाइल प्रयोग गरेको हो। यो मिसाइलले ३०० किलोमिटर परसम्म सजिलै क्षति पुर्‍याउन सक्छ।

श्रोतथाहाखबर

ताजा समाचार