फोनमा कुरा गर्दा आमा बुवाले नै गरे छोरीको हत्या,यसरी भएको थियो घटना

Share post:

पर्सा । पर्साकी १५ वर्षीया पुनिता महतोको हत्या आरोपमा उनकी आमासहित आफ्नै परिवारका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका बुवा वीरेन्द्र महतो भने फरार छन् ।

पक्राउ पर्नेमा पर्सा पोखरीया नगरपालीका–९ मृतककी आमा ३० वर्षीया तत्वा महतो, काकाहरु राजेन्द्र महतो, सन्तोष महतो र घरमा काम गर्ने १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादव छन् । बाबु वीरेन्द्र महतो फरार रहेकाले परिवारकै मिलेमतोमा पुनिताको हत्या भएको प्रहरीको आशंका छ ।

यसरी भएको थियो घटना
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार पर्साको पोखरीया–९ मा कक्षा ६ मा पढदै गरेकी १५ वर्षीया पुनिता विगत २२ दिनदेखि वेपत्ता थिइन् । पुनिता हराएको हल्ला चलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । पुनिताकी आमा तथा परिवारले उनी भारतस्थित मावली घरमा गएको दावी गर्दै आएको थियो ।

स्थानीयको आशंका र घटनाक्रम हेर्दा परिवारको दावीसँग सहमत हुन नसकेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । एसपी राठौर भन्छन ‘घटनाक्रम हेर्दा शंका गर्ने प्रसस्तै ठाउदेखेपछि परिवारमाथि हामीले निगरानी बढायौं । घरमा काम गर्ने जितेन्द्र यादवले हामीलाई दिएको जानकारी अनुसार पुनिता लामो समय फोनमा कुराकानी गरेको निहुँमा पुनितालाई बाबु–आमा तथा आफन्तले निर्धात कुटपिट गर्दा उनको ज्यान गयो ।’

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार हत्यापछि घरदेखि झन्डै दुईसय मिटर टाढा लगेर शव परिवारले नै जलायो । जल्न बाँकी शव खाल्टो खनेर गाडेको अवस्थामा प्रहरीले फेला पारेपछि हत्या आरोपमा पुनिताकी आमा तथा काकालाई प्रहरीले पक्राउ गरेको छ । उनका बाबु वीरेन्द्र महतो फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

श्रोतnayapatrika

ताजा समाचार